कृषि विश्व विद्यालय रामपुरमा कृषि प्रदर्शनी मेला

Posted by

| १९ जेष्ठ २०७६,

चितवन १९ जेठ । कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवनले कृषि प्रदर्शनी २०७६ गर्ने भएको छ ।

कृषिसंग सम्वन्धीत विभिन्न आधुनिक प्रविधि, सूचना तथा कृषकको लागि उपयोगी हुने सामग्रीको प्रदर्शनी गरिने भएको हो । कृषि तथा वन विज्ञान विश्व विद्यालय स्थापनको दशौं वर्षको अवसरमा यो मेला आयोजना गरिएको हो । विश्व विद्यालयले आइतबार भरतपुरमा पत्रकार सम्मेलन गरी स्थापनाको अवसर पारेर कृषि प्रर्दशनी एवम् कृषक मेला २०७६ आयोजना गरेको विश्व विद्यालयका रजिष्टार प्रा.डा. मनराज कोलक्षपतिले जानकारी दिनु भयो ।

विश्व विद्यालयले विभिन्न क्षेत्रमा गुणत्मक रुपमा प्रगती गरेको छ उहाले भन्नु भयो प्रदर्शनीमा यो विषयपनि जानकारी गराइन्छ । मेलामा कृषकले उपयोग गर्न सकिने सामग्री, विश्व विद्यालयले अनुसन्धानबाट प्राप्त गरेका उपलब्धी जुन कृषकमाझ जानु आवश्यक छ, कृषि औजार लगायतको सामग्री प्रदर्शनीमा राखिने विश्व विद्यालयका उपकुलपति प्रा.डा. इश्वरीप्रसाद ढकालले बताउनु भयो ।

मेलाले कृषि विषय अध्ययन गरीराखेका विद्यार्थी, कृषक, कृषि क्षेत्रमा आउन चाहनेहरुको लागि धेरै उपयोगी हुने जनाइएको छ । मेलामा नेपाली तथा विदेशी सामग्रीहरुको प्रदर्शनी हुने छ । मेला यही जेठ ३२ देखि असरा ३ गतेसम्म विश्व विद्यालय परिसरमा सञ्चालन हुने आयोजकले जनाएको छ ।