केरुङ्गा ताजा तरकारी तथा फलफुल उत्पादक सहकारी सस्थाँलाई पिक अप भ्यान प्राप्त, प्रधानमन्त्रि ओलीकै पहलमा खेती प्रणालीमा यन्त्रिकरणः मन्त्रि लामा

Posted by

भरतपुर, चैत्र २१,
भरतपुर—२४ , नयाँबस्तीमा रहेको केरुङ्गा ताजा तरकारी तथा फलफुल उत्पादक सहकारी सस्थाँ लिमिटेडलाई सिगंल क्याप पिक अप भ्यान प्राप्त भएको छ । कृर्षि तथा पशुपन्छी बिकास मन्त्रालय अन्तरगतको प्रधानमन्त्री कृर्षि आधुनिकीकरण परियोजना कार्यन्वयन इकाई भरतपुर, चितवनको ५० प्रतिशत अनुदानमा पिक अप भ्यान प्राप्त भएको हो । बाग्मती प्रदेशका भुमि ब्यवस्था,कृर्षि तथा सहकारी मन्त्रि दावा दोर्जे लामाले आज (शनिबार) एक कार्यक्रमका बिच उक्त पिक अप भ्यान सस्थाँका अध्यक्ष जनकराज पुरी लाई हस्तान्तरण गर्नुभयो । उक्त पिक अप भ्यान २१ लख रूपैयाँमा खरीद गरीएको हो । पिक अप भ्यान प्राप्त भए पछि बजारीकरणमा सहज हुने बिश्वास छ । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रि लामाले सरकार किसान लक्षित भएर कृषिको आधुनिकीकरण र व्यवसायीकरणमा जोड दिएको बताउदै कृर्षक पनि परम्परागत खेती प्रणाली बाट ब्यावसायीक हुनु पर्नेमा जोड दिनुभयो । प्रधानमन्त्रि केपि शर्मा ओलीकै पहलमा पछिल्लो समय खेती प्रणालीमा यन्त्रिकरण हुदै गएको मन्त्रि लामाको दाबी छ । कृर्षि लाई आधुनिकिकरण गर्दै उत्पादन मुखि काममा एक ढिक्का हुन कृर्षकलाई उहाँले आग्रह गर्नुभयो । प्रधानमन्त्री कृर्षि आधुनिकीकरण परियोजना कार्यन्वयन इकाई भरतपुरका बरीष्ट कृर्षि अधिकृत मेघनाथ तिमिल्सिनाले सहकारीको माध्यम बाट पछिल्लो समय युवा बर्ग कृर्षि क्षेत्रमा उत्साहित भएर लागेको बताउँनुभयो ।भरतपुर—२४ को नयाँबस्ति क्षेत्र तरकारीको लागी सुपर जोन हुन योग्य रहेको उहाँको भनाई थियो ।

प्रधानमन्त्री कृर्षि आधुनिकीकरण परियोजना कार्यन्वयन इकाई भरतपुरका कृर्षि अधिकृत माधब ढकालले स्वगत मन्तव्य राख्नुभएको कार्यक्रममा भरतपुर—२४ का वडाध्यक्ष कान्छा मल्ल, कृर्षि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकाल लगाएतको उपस्थिति रहेको थियो । केरुङ्गा ताजा तरकारी तथा फलफुल उत्पादक सहकारी सस्थाँका अध्यक्ष जनकराज पुरीको सभापतित्वमा सम्पन्न कार्यक्रम लाई प्रधानमन्त्री कृर्षि आधुनिकीकरण परियोजना कार्यन्वयन इकाई भरतपुरका कृर्षि अधिकृत इन्द्र शर्मा ढुङ्गानाले सञ्चालन गर्नु भएको थियो । केरुङ्गा ताजा तरकारी तथा फलफुल उत्पादक सहकारी सस्थाँले स्थानियको सहजताको लागि कुटानि ,पिसानी मिल पनि सञ्चालनमा ल्याएको छ ।