कैलालीमा बस दुर्घटना, ३६ जना घाइते

Posted by

कैलाली, कात्तिक २६ –
कैलालीमा बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् । आइतबार बिहान बैतडीको मेलौलीबाट कञ्चनपुरको महेन्द्रनगरका लागि छुटेको ना ७ ख २७२३ नम्बरको बस कैलालीको चुरे गाउँपालिका ३ सहजपुरमा पल्टिँदा ३६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
अहिले उद्धारको काम भैरहेको छ । प्रहरीका अनुसार घाइतेलाई सेती अञ्चल अस्पताल र पद्य अस्तालमा लगिँदैछ ।