कोपा अमेरिकामा उरुग्वेको शानदार सुरुवात

Posted by

  • सोमबार, २ आषाढ, २०७६

ब्राजिल, असार २ । दक्षिण अमेरिकी महादेशको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता कोपा अमेरिकामा उरुग्वेले विजयी सुरुवात गरेको छ । 

प्रतियोगिताको सबैभन्दा सफल टोली उरुग्वेले आज बिहान भएको खेलमा इक्वेडरलाई ४–० ले हरायो । ब्राजिलमा जारी प्रतियोगितामा उरुग्वेलाई शानदार सुरुवात दिलाउन एडिन्सन काभानी, लुईस सुवारेज र निकोलस लोदेरोले एक–एक गोल गरे ।

इक्वेडरका अर्टुरो मिनाले एक आत्माघाति गोल गरेपछि उरुग्वे ४–० ले विजयी भएको हो ।

कोपा अमेरिकाकै अर्को खेलमा पाराग्वेले कतारसँग २–२ गोलको बराबरी खेलेको छ । पहिलो पटक कोपा अमेरिकामा सहभागिता जनाएको कतारले बलियो प्रतिद्वन्द्वी पाराग्वेसँग अंक बाँडेको हो ।