कोपा अमेरिका फुटबल : जापान र उरुग्वे बराबरीमा

Posted by

ब्राजिल, असार ६ । कोपा अमेरिका फुटबलमा जापानले उरुग्वेसँग बराबरी खेलेको छ ।

ब्राजिलमा जारी प्रतियोगिताअन्तर्गत आज बिहान भएको खेलमा जापान र उरुग्वेले २–२ गोलको बराबरी खेलेका हुन् ।

खेलमा जापानका लागि दुबै गोल कोजि मियोसीले गरे । उरुग्वेका लुईस सुवारेज र होजे जिमिनेजले एक–एक गोल फर्काए ।

बराबरीपछि जापानको अर्को चरणमा पुग्ने सम्भावना कमजोर भएको छ । पहिलो खेलमा चिलीसँग पराजित जापानको दुई खेलबाट १ अंकमात्रै छ ।

४ अंक जोडेको उरुग्वे शीर्ष स्थानमा रहँदा दोस्रो स्थानको चिलीको ३ अंक छ । चिलीले एक खेलमात्रै खेलेको छ