कोभिडविरुद्धको खोप अभियानको अन्तिम दिनसम्म देशभर करिब १ लाख ८५ हजारले लगाए

Posted by

माघ २५, आइतबार : पहिलो चरणको कोभिडविरुद्धको खोप अन्तर्गत अन्तिम दिन शनिबारसम्म देशभर १ लाख ८४ हजार ८ सय ५७ जनाले लगाएका छन्।

प्रदेश १ मा २४ हजार २ सय २४, प्रदेश २ मा २५ हजार ६ सय ३७, बागमतीमा ६३ हजार ३ सय ८, गण्डकीमा १८ हजार ४ सय ७२, लुम्बिनीमा २८ हजार ९ सय ४१,कर्णालीमा ९ हजार ४ सय २० र सुदूरपश्चिममा १४ हजार ८ सय ५५ व्यक्तिले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

भारत सरकारले अनुदानमा दिएको १० लाख डोज खोप कोरोनाविरुद्ध फ्रन्टलाइनमा खटिनेलाई १० दिनभित्र लगाइसक्ने गरी सरकारले योजना अनुरुप लगाउन सुरु गरेको थियो। पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक, कैदीबन्दी र वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकलाई खोप लगाइएको छ।

भारतको सिरम इन्स्टिच्युटबाट निर्मित ‘कोभिसिल्ड’ खोप गत १४ गते देखि लगाउन सुरु गरिएको हो।