कोरोनाका कारण महिलाको मृत्यु भएपछि बलेफी र बाह्रबिसेमा उच्च सतर्कता, केही स्थान सिल गरियो

Posted by

आइतबार, ४ जेष्ठ, २०७७ सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा कोरोनाका कारण एक महिलाको मृत्यु भएपछि  उनको प्रारम्भिक उपचार गरिएको अस्पताल तथा गाउँक्षेत्रमा उच्च सर्तकता अपनाइएको छ ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुरुप संक्रमण फैलिने त्रासमा बलेफी गाउँपालिका वडा ७, ८ देखि बाह्रबिसे नगरपालिका, बाह्रबिसे प्राथामिक स्वास्थ्य केन्द्र सिल गरिएको छ । बाह्रबिसे नगरक्षेत्रकी सुत्केरी महिलाको कोरोनाका कारण मृत्यु भएपछि स्थानीयमा त्रास बढेको छ ।

बाह्रबिसे स्वास्थ्य केन्द्र, चालिसे गाउँदेखि बजारक्षेत्रमा आवागमन पूर्ण रुपमा ठप्प पारिएको इलाका प्रहरी बाह्रबिसेले जनाएको छ ।

मृतकको गाउँमा गएर स्थानीयको तथ्याकं संकलन गर्ने काम तीव्र रुपमा भएको छ ।

उक्त महिलाको सम्पर्कमा रहेका व्यक्तिहरुकोे कन्ट्राक्टट ट्रेसिङ गरी पीसीआर परीक्षणका लागि क्वारेन्टाइनमा राखी स्वाब संकलन गरी पठाने जिल्ला सुरक्षा समितिको बैठकले निर्णय गरेको छ । त्यसको लागि आज काठमाडौंबाट स्वास्थ्यकर्मीको टोली त्यसतर्फ जाने स्रोतले बताएको छ ।

धुलिखेल अस्पतालमा उपचारका लागि ल्याइएकी ती २९ बर्षिय सुत्केरी महिलाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको थियो ।

यता, धुलिखेल अस्पतालले आकस्मिक कक्ष सिल गरेको छ । महिलाको सम्र्पकमा आएका ६ जना व्यक्तिहरुलाई आइसोलेसन कक्षमा राखिएको छ ।