कोरोनालाई जितेका ९१ बर्षिय बृद्ध अधिकारीलाई सम्मान तथा अभिनन्दन

Posted by

पटिहानी, असार १

महामारीको रुपमा फैलिएको कोरोना भाईरस लाई जितेका भरतपुर २२ ,पटलहराका ९१ बर्षिय बृद्ध ऋषिराम अधिकारीलाई सम्मान तथा अभिनन्दन गरिएको छ । पटिहानीको नमूना टोल बिकास संस्थाले मङ्गलबार सम्मान तथा अभिनन्दन गरेको हो । अभिनन्दन कार्यक्रममा बोल्दै नमूना टोल बिकास संस्थाका अध्यक्ष देवराज पौडेलले ९१ बर्षिय बृद्धले कोरोना जितेको भरतपुरमहानगरमै पहिलो भएको दाबी गर्नुभयो । कोरोना लाई उच्च मनोबलले परास्त गर्न सकिन्छ भन्दै उहाँले बृद्ध, बृद्धाहरुको मनोबल उच्च बनाउन यो सम्मान कार्यक्रम राखिएको बताउनुभयो ।गत जेष्ठ २ गते भरतपुर अस्पतालमा पिसिआर परीक्षण गर्दा ९१ बर्षिय बृद्ध अधिकारीलाई कोरोना पोजेटिभ देखिको थियो । अधिकारी सगैँ छोरा,बुहारी र नातिनीलाई पनि कोरोना पोजेटिभ देखिको थियो ।घरमा नै राखेर उपचार गरिएका ९१ बर्षीय बृद्ध अधिकारीको जेष्ठ १७ गते कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको हो । कोरोना संक्रमणले बनाएको स्वास्थ्य जटिलताका बाबजुद आफूले मृत्युलाई जितेको बृद्ध अधिकारीले बताउनुभयो । दरिलो आत्मविश्वासकै कारण कोरोना जित्न सफल भएको उहाँको भनाई थियो । कार्यक्रममा नमुना टोल बिकास सस्थाकां अध्यक्ष पौडेल, सचिब श्री कान्त ढकाल ,पदमज्योति उपभोक्ता समुह भरतपुर २२ का अध्यक्ष भिष्मकान्त अधिकारी लगाएतको उपस्थिति रहेको थियो ।