क्रिकेटमा केही नियम परिवर्तन: बलमा थुक दल्न नपाइने, आयोजक देशले पनि अम्पायर छान्न पाउने

Posted by

मंगलबार, ६ जेष्ठ, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले आफ्ना केही नीति नियम परिवर्तन गरेको छ ।

पूर्व भारतीय क्रिकेटर अनिल कुम्बलेको संयोजत्वमा बसेको क्रिकेट कमिटीको बैठकले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि विभिन्न नयाँ प्रावधानहरु लागु गरेको हो ।

क्रिकेट सुचारु भएपछि म्याच बललाई चम्काउनका लागि थुक वा अरु तलर पदार्थहरुको प्रयोगमा प्रतिबन्ध लगाइने भएको हो ।

खेलका बेला मैदानमा अरु सुरक्षा नीतिहरु पनि अपनाइने भएको छ ।

यस्तै कमिटीले अन्तराष्ट्रिय खेलहरुमा अम्पायर नियुक्तिको नियममा पनि केहि परिवर्तन गरेको छ ।

सन् २००२ देखि आइसीसीले नै अम्पायर छनोट गर्ने काम गथ्र्यो ।

जसमा कुनैपनि देशले आफ्नो मैदानमा खेलिरहेको छ भने सो खेलमा त्यहि देशको अम्पायरले खेलाउन नपाउने नियम थियो ।

तर अब यो नियम केहि परिवर्तन भएको छ । आइसीसीले टेष्ट र एकदिवसीय खेलमा केहि आफ्नो मातहतमा राखेर केही आयोजक देशलाई पनि अम्पायर छान्ने मौका दिएको छ ।