क्रिकेट रंगशालाः मनहरी गाँउपालिकाले दियो १०० टिपर गिट्टीबालुवा,चन्द्र ढकालले दिए १ करोड

Posted by

चितवन, सोमवार, माघ २७ –

चितवनको रामपुरमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी धनधान्याचल महोत्सव मार्फत मकवानपुरको मनहरी गाँउपालिकाले सहयोगको घोषणा गरेको छ । आज (सोमबार) महोत्सव स्थल पुगेका गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले रंगशाला निर्माणका लागि सय टिपर गिट्टी,बालुवा र एक हजार क्यूफिट काठ दिने घोषणा गरेको उपमहासचिव आरसी अधिकारीले जानकारी दिए । उनले सोमबार अन्तिम दिन पनि रंगशाला निर्माणका लागि सहयोग गर्नेहरुको उल्लेख्य उपस्थिति रहेको बताए ।

चितवनको रामपुरमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी धनधान्याचल महोत्सव सोमबार सकिएको छ । महोत्सवबाट ५५ करोड बढि आर्थिक संकलन भएको बाग्मती प्रदेशका सांसद समेत रहेका संयोजक विजय सुवेदीले जानकारी दिए ।

करिब ३ अर्ब लागतमा २ बर्ष भित्र सम्पन्न गर्ने योजनासहित चितवनको रामपुरमा ३० हजार दर्शक क्षमताको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भईरहेको छ ।

चन्द्र ढकालले दिए १ करोड

चितवनको रामपुरमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी धनधान्याचल महोत्सवमा आज (सोमबार) अन्तिम दिनपनि दान गर्ने दाताहरुको उल्लेख्य उपस्थिति रह्यो । व्यवसायी चन्द्र ढकालले रंगशाला निर्माणका लागि १ करोड रुपैंया सहयोगको घोषणा गरेका छन् । महोत्सवस्थल पुगेर उनले सहयोगको घोषणा गरेका हुन् । उनि ग्लोबल आइएमई बैंकका अध्यक्ष हुन् ।

देशकै गौरबको योजनाको रुपमा रहेको क्रिकेट रंगशाला निर्माणमा हातेमालो गर्न आफूले सहयोग गरेको उनले बताए । थोरै भएपनि सबैले सहयोग गरे रंगशाला तोकिएकै मितिमा सम्पन्न हुने उनको विश्वास छ ।

आइतबारसम्म ३५ करोड संकलन भइसकेको बाग्मती प्रदेशका सांसद समेत रहेका संयोजक विजय सुवेदीले जानकारी दिए ।
करिब ३ अर्ब लागतमा २ बर्ष भित्र सम्पन्न गर्ने योजनासहित चितवनको रामपुरमा ३० हजार दर्शक क्षमताको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भईरहेको छ ।