खानिगाउको फोहोरले फोहोरले देविस्थानका बासिन्दा तर्सित

Posted by

बिहिबार १५ असोज, २०७७ , पर्वत


सन्देश लामिछाने । पर्वतको फलेवास नगरपालिकाले चलाएको अभियान क्लिन फलेवास ग्रिन फलेवास एउटा नारामा मात्रै सिमित रहेको छ । सुरु सुरुमा नगरपालिकाले धेरै कार्यक्रमहरु ल्याएको थियो । नगरपालिकाले गरेका सबै कामहरू देखावटी मात्रै रहेका छन भने कार्यनयनमा नआएकाले फलेवास नगरपालिकाका बासिन्दाहरु उक्त अभियान बिरुद्ध बेला बेलामा आवाज उठाउने गर्छन् । यसैबीच फलेवास नगरपालिकामा फोहोरको ब्यवस्थापन नहुदा र वडाहरुले निस्चित ठाउँ न-तोकिएकै कारण नगर वासिन्दा र ब्यापारीहरु फोहोर कहाँ लगेर फाल्ने भनेर अन्योलमा परेका छन् ।

No description available.


नगरपालिकामा भएका होटल,किराना पसल,टेलरिङ्ग, स्कुल , घर घरको फोहोरको,गनाउने पानी,होटेलबाट निस्केको कुहिने तरकारी र चाउचाउ,मिठाइका खोलहरुको थुप्रोहरुले गर्दा बाटोमा हिड्न असहज भएको नगरको आवतजावत गर्ने बासिन्दाहरुले बताउँछन् । फलेवास नगरका वडा.न ५ बस्ने बासिन्दा हरि लामिछाने भन्नू हुन्छ । आफ्नो पसल र घरबाट निस्कने फोहोर आफ्नै जग्गामा फाल्ने गरौँ अरुको खेतीयोग्य जमिनमा फाल्ने गर्दा खेती नहुने र फोहोरले गर्दा समाजमा नराम्रो असर पर्ने गरेको बताउनुभयो ।

No description available.


यसैगरी वडा .न ६ का बिकास थापा भन्नू हुन्छ । खानीगाउँ रेडियो अहिंसावादि,वरपरका घरहरु र होटलहरुको फोहोर जथाभावी फाल्दा सबिको देबिस्थानका वडा ६,७,८ र वाई फाई चोकको फोहारले पनि बासिन्दा तर्सित भएका छन् भन्दै हामीलाई जनाकारि गराउनु भएको हो । नमुनाको लागि खानिगाउँ वडा नजिकैको भिर फोटो सहित

No description available.

मोती सामुदायिक पुस्तकालयका कर्मचारीहरु गुनासो गर्नु हुन्छ होटलमा प्रयोगमा आएका पिय पदार्थ र लागु पदार्थका बोत्तलहरुका थुप्रोले गर्दा नगरपालिकाले क्लिन फलेवास ग्रिन फलेवास अभियान देखावटी मात्रै भएको हो कि भनेर हामीलाई सुनाउनु भयो । सपना होटलकि सन्चालिका मिठु देवी भन्नू हुन्छ । हामी नगरपालिकालाई कर तिर्नु तिरेका छौ नगरपालिकाले फोहोर व्यवस्थापन तर्फ ध्यानाकर्षण गर्दैन फोहोरको गाडी पठाउदैन हामी के गरौ ? कुरा मात्रै राम्रो गर्छ । कार्यनयन गर्दैन भनेर भन्नुभएको हो। वडा.नं ४ मुडिकुवा हुदै वडा.नं ६ देवीस्थान देखि वडा.नं १० कुर्धा जाने पुल र नगरका कुनै पनि वडाको कुनै पनि ठाउँमा फोहोर मलाई भनेर फोहोर फाल्ने भाडो नगरले राखिएको छैन । भने फलेवास नगरपालिकाले फोहोर व्यवस्थापनको लागि अहिलेसम्म नगरपालिकाले कदम चालेपनी नियमित अनुगमन हुन नसकेको र कार्यान्वयन मा समस्या देखिएको शिक्षक ध्रुव लम्साल । पहिला साविकको खानिगाउँ गाबिस अहिलेको वडा.नं ५ सरसफाइ मुक्त भएको र अहिले फेरि जताततै फोहोरका थुप्रोहरुले फोहोर युक्त भएको छ ।
यसैबीच वडा.नं ५ टोल सुधार समितिका अध्यक्ष अर्जुन क्षेत्री भन्नू हुन्छ नगरको अस्थाई केन्द्र वरपरका सोलार पनि राम्रोसँग नराखिएको र बिगि्रएको चार,पाच महिना हुदाहुदै पनि हामीले खबर गर्दा नगरपालिकाले ध्यानाकर्षण गर्न सकेको छैन ।

No description available.

क्किन फलेवास ग्रिन फलेवास अभियान देखावटी र व्यवस्थापन गर्न नसकेर अहिले पैसा खाने अभियानको नाम मात्रैको भएको भनेर जनाउनु भएको हो । अहिले फलेवास नगरपालिकाले चासो नदिदा एघारै वडाहरु उतिकै फोहोर मय र बाटो ओहोरदोहोर गर्न पनि गाह्राे भएका छन् ।