खानेपानीको पाएप विस्तारमा भत्किएको वृद्दको घर नेकपा पार्वतीपुरले बनाइदियो।

Posted by


२४ श्रावण,पार्वतीपुर,
भरतपुर २१,पहारिलोटारमा खानेपानीको पाएप विस्तारका क्रममा गत जेष्ठ २९ भत्किएको स्थानीय दृष्टि विहिन वृद्दा को घर शनिवार मर्मत भएको छ। नेकपा वार्ड कमिटि भरतपुर २१ ,पार्वतीपुरको पहलमा घर मर्मत गरिएको हो।पार्वतीपुर खानेपानी संस्थाले घर भित्र बाट खाल्डो खनेर खानेपानीको पाएप बिछ्याइए पछि दृष्टि विहिन ८६ वर्षीय वसुन्धरा अधिकारीको घरमा क्षति भएको थियो। खाल्डो खाने पछि पुरानो घरको पिंढी कोठा र पर्खाल कमजोर बनेको थियो। खानेपानी संस्थाका अध्यक्ष एवं भरतपुर २१ का वडाध्यक्ष चित्रसेन अधिकारीले घर भत्कनु कमजोरी भएको स्वीकार गरि त्यसलाई मर्मत गरिदिने वताएको तर दुइ महिना वितिसक्दा पनि कुनै पहल नभए पछि हामीले नै मर्मत गर्नु परेको नेकपा जिल्ला कमिटिका सदस्य एवं नेकपा पार्वतीपुरका वार्ड इन्चार्ज नारायण आचार्यले वताए।पाएप पुरेर मात्र छाडेको ठाउँमा मुसाले खोलेको, सर्पहरु लुक्न सक्ने भएकाले मर्मत गरिएको आचार्यले वताए ।विकल्प हुँदा हुँदै पनि असहाए वृदा को घर क्षति हुने गरि पाएप बिछ्याए पछि आफ्नो पार्टीले तत्कालै पार्वतीपुर खानेपानी को कार्य प्रति असहमति जनाएको आचार्यको भनाइ छ। पार्टीको रु वीस हजारको लागतमा घरको भित्र र पिंढीमा ढलान सहित मर्मात गरिएको छ।