खेलकुद लिभरपुलले सिटीलाई हरायो

Posted by

साउन १०, २०७५
इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा लिभरपुलले इन्ग्लिश प्रिमियर लिगको साविक च्याम्पियन म्यानचेस्टर सिटीलाई पराजित गरेको छ। अमेरिकाको न्युजर्सीमा बिहिबार बिहान भएको खेलमा लिभरपुलले सिटीलाई २-१ गोल अन्तरले हराएको हो। प्रि सिजन टुरमा रहेका दुवै टिम एकअर्काविरुद्ध प्रतिष्पर्धा गरेका थिए। तर सिटीले सुरुवाती अग्रता लिएको थियो। लिभरपुलको जितमा मोहमद सलाह र साडियो मानेले समान एक एक गोल गरे। सिटीका लागि लोरी सानेले एक गोल गरेका थिए। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा तीनै गोल दोस्रो हाफमा भएको थियो। खेलको ५७ औं मिनेटमा सानेले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, खेलको ६३ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई खेलमा फर्काए। त्यसपछि खेलको इन्जुरी समयमा मानेले गोल गर्दै लिभरपुललाई २-१ को जित दिलाए।इन्टरनेसनल च्याम्पियन्स कप अन्तर्गत नै जर्मन क्लब बोरुसिया डर्टमण्डले बेन्फिकासंग २-२ गोलको बराबरीमा रोकिएको छ।