गंगानगरका दुई युवा गरे बालकलाई उद्दार

Posted by

भरतपुर १३, गंगानगर जेठ १५

भरतपुर १३ ब्रह्मपुरीका सुस्त अपांग एवं गरिब असहाय बालक लाइ सहयोग प्राप्त भएको छ। लामो समयदेखि घर भित्र बन्धक भएका ११ वर्षिय अविसेक बिक लाई वुधवार सहयोग रकम हस्तान्तरण गरिएको हो। हाल न्युजिल्यान्डमा रहेका गंगानगर निवासी पमेश देवकोटाले पठाएको नगद रु विस हजार पाँच सय पाँच उनका बुवा प्रेम देवकोटाले टोल सुधार समिति र स्थानीय युवा समाजसेवी को उपस्थितिमा हस्तान्तरण गरेको थिए।

उक्त रकम रामजानकी टोल सुधार समितिका अध्यक्ष श्री प्रेम आचार्य को संरक्षकमा रहने गरि निज बालकको हजुरआमाको खातामा रहने छ । त्यस्तै बालकको लागि उपयुक्त फलामे झलुङ्गो र टिनपाता सहितको पाली लगाई निज बालक लाई सहज पुर्याउनका लागि गंगानगर निवासी युवा समाजसेवी दिपक रानाभाटले सहयोग गर्ने भएका छन। बुबा धर्म बिक तथा आमा संगिता बिकको कोख बाट जन्मिएका अविषेक बिकको असाध्यै पिडादायिक स्थिति रहेको खबर स्थानीय युवा व्यवसायी विजयराज बिष्टले सुन्दर गंगानगरलाई खबर भए पछि निजको सहयोग लागी अपील गरिएको हो।