गंगानगर दुग्धउत्पादक सहकारी संस्था को २६ औँ बार्षिक साधारण सभा सम्पन्न

Posted by

अपिल घिमिरे ,पटिहानि, ३० मङसिर
गंगानगर दुग्ध उत्पादक सहकारी संस्थाको २६ औँ बार्षिक साधारण सभा सम्पन्न गरीएको छ । आज भरतपुर २२ मा रहेको नमुना गाई फार्म मा कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै सस्था का अध्यक्ष कृष्ण प्रसाद सापकोटा ले २१ औं शताब्दीको भूमण्डलीकरण र प्रतिस्प्रधा को युग मा किसानहरुको छरिएर रहेको पूंजीलाई पशु व्यवसायको माध्यम बाट सहकारी भावना अनुरुप एकीकृत गरि आर्थिक तथा सामाजिक बृद्दी गरिने साथै यस क्षेत्र भित्र रहेका किसान हरुलाई सफल र सक्षम किसानको दर्जामा स्थापित गरिने उल्लेख गर्नुभयो । प्रगति प्रतिवेदन वाचन गर्दै सापकोटा ले आगामी आर्थिक बर्ष को लागि प्रस्ताब समेत पेस गर्नुभयो ।

आर्थिक बर्ष ०७६/०७७ को अनुमानित आय व्यय,लागत पुंजी तथा नयाँ सदस्यता वितरण ,डेरी लाई उद्ध्योगमा दर्ता,समान उदेश्य भएका संस्थाहरु संग एकीकरण लगाएतका बिषय मा छलफल गरिएको थियो ।

नमुना गाई फर्म

संस्थाले गत आर्थिक बर्ष भन्दा यस बर्ष कुल कारोवारको ३५.५% बृद्दी भएको जनाएको छ । जस अनुसार १४,१४,८०५ लिटर दुध सङकलित भएको छ । त्यस्तै १९६६८ बोरा चोकर,३८१० किलोग्राम घ्यु ,र १३२०३ बोरा दाना खरिद गरि जम्मा १५,०८,०१,९७९ पूर्ण कारोबार गरि रु ६,०८,६२२ कुल बचत को रु १,२१,७२४ आय कर कट्टी गरि रु ४,८६,८९८ बचत भएको जनाएको छ ।

कार्यक्रम का प्रमुख अतिथि प्रदेश न.३ का सासंद रामलाल महतो ले क्यानमा दूध खन्याएर उद्धघाटन गर्नु भएको थियो । कार्यक्रममा केन्द्रिय दुग्ध उत्पादक सहकारी संघ लि.का उपाध्यक्ष रामेश्वर फुंयाल,भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञा केन्द्र का दयाराम चापागाईं ,जिल्ला समन्वय समिति भरतपुरका सदस्य सिता पुन ,भरतपुर १४ का वडाध्यक्ष ओम प्रकाश पोख्रेल लगायत को उपस्थिति रहेको थियो ।

कार्यक्रममा एक बर्षमा रु एक लाख बराबरको दूध बिक्रि गर्ने २५४ जना लाई पुरस्कृत गरिएको थियो । त्यस्तै गुणस्तरीय दूध बेच्ने ३ जना ,सफा दूध बेच्ने ३ जना ,दलित ३ जना,जनजाती र आदिवासी ६/६ जना,क्षेत्रगत १० जना र बहुबर्षीय घाँस खेति गर्ने ७ जना लाई सम्मानित गरिएको थियो ।
कार्यक्रममा अतिथि लाई संस्था का उपाध्यक्ष उमराज सिग्देल ले स्वागत गर्नु भएको थियो भने कार्यक्रम व्यवस्थापक राम प्रसाद सापकोटाले संचालन गर्नु भएको थियो ।