गंगानगर दुग्ध उत्पादक सहकारी संस्थाको किसान उत्प्रेरणा अध्ययन भ्रमण शुरु

Posted by

भरतपुर ,फाल्गुन २८

गंगानगर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड चितवनले किसानलाई उत्प्रेरणा जोगाउने उद्देश्यले अध्ययन अवलोकन भ्रमण शुरु गरेको छ। शुक्रबार ४७ जना को टोली पटिहानी बाट दोलखाको लागि हिडेको हो। अवलोकनका क्रममा किसानहरूलाई जिरी प्राविधिक शिक्षालय, दुग्धजन्य पदार्थ उत्पादन उद्योग, पशुपालन फार्म हरु देखाइने योजना रहेको संस्था का अध्यक्ष कृष्णप्रसाद सापकोटाले जनाएका छन्। भ्रमणको दोश्रो दिन रामेछाप र अन्तिम दिन सिन्धुलिका विभिन्न पशु कृषि फार्म पुगेर फर्कने कार्यक्रम रहेको संस्थाका ब्यवस्थापक राम प्रसाद सापकोटा ले बताएका छन्। संस्थाले हरेक बर्ष आफ्ना उत्कृष्ट किसानहरु लाई क्षमता अभिवृद्धि गराउने उद्देश्यले भ्रमण आयोजना गर्ने गरेको छ। यस दुग्ध उत्पादक सहकारी संस्थाले गत बर्ष देखि गंगा ब्राण्डका दुध, दहि, पनिर, घ्यू लगाएतका दुग्धजन्य पदार्थ हरुको बजारीकरण गरिरहेका छ।