गढीमाई ब्याडमिन्टन कभर्ड हल द्वारा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
११ मङ्सिर,चितवन
ठुला एकादशीको अवसर परेर बिहीवार पश्चिम चितवनको गढीमाई ब्याडमिन्टन कभर्ड हल लक्ष्मी मार्ग भरतपुर १९ मा ब्याट्मिण्टन प्रतियोगिता सम्पन्न गरिएको छ। प्रतियोगिता बाट राजकुमार गुरुङ र प्रकाश थापाको टिम प्रथम भएको छ। त्यस्तै प्रकाश श्रेष्ठ र नकुल विष्टको टिम दोश्रो भएको थियो। दश टिम बीच भएको प्रतियोगितामा राम्रो खेल प्रदर्शन गरेका लेख बहादुर गुरुङलाइ सर्वोत्कृष्ट खेलाडी घोषित गरिएको थियो। पहिलो र दोश्रो भएका टिमहरुलाई नगद सहित ट्रफी र प्रमाण पत्र प्रदान गरिएको कार्यक्रमका संयोजक युवा व्यवसायी बिजय बहादुर घलेले जानकारी दिएका छन्।
सहभागी हरुलाई कार्यक्रमका प्रमुख अतिथि खेलप्रेमी राजु थापाले शुभकामना व्यक्त गरेका थिए।