‘गरीबिको कथा लकडाउनको पिडा’ युटुबमा सार्बजनिक

Posted by


चितवन, भदौ २४

कोरोना भाईरसका कारण सरकारले गरेको लकडाउन र निषेधाज्ञका समयमा गरीब जनताको कथा लाई समेटेर निमार्ण गरीएको ‘गरीबिको कथा लकडाउनको पिडा’ को भाग एक युटुबमा सार्बजनिक गरीएको छ । पश्चिम चितवनका पटिहानि क्षेत्रका कलाकारहरुको अभिनय रहेको यस भिडियोलाई एम. पि. मिडिया नामक युटुब च्यानल बाट सार्बजनिक गरीएको हो । यस भिडियोमा लकडाउनको समयमा नेपालिले भोग्दै आएको पिडालाई चित्रण गरीएको कथाका लेखक तथा निर्देशक सोमनाथ पौडेलले बताउनुभयो । साथै उहाँले गरीबिको कथा लकडाउनको पिडाको भाग दूई पनि छिट्टै सार्बजनिक हुने बताउनुभयो । भिडियोलाई राप्ति नदि किनार , भरतपुर २२ को गंगानगर, पटहलरा , चौकिडाडा लगाएको क्षेत्रमा खिचिएको छ । भिडियोमा कलाकारहरु सोमनाथ पौडेल, मनिष पौडेल, सागर दवडि, प्रतिक्षा ढकाल, सुजन लामिक्षाने ,समिर सापकोटा, बालकलाकार शाश्वतराज गौतम लगाएको अभिनय रहेको छ । कथाको लेखन तथा निर्देशन सोमनाथ पौडेल र मनिष पौडेलले गर्नुभएको हो भने सह लेखन कलाकार सागर दवडिले गर्नुभएको हो ।