गर्मीले नेपालगञ्ज अस्तव्यस्त, तापक्रम ४२ डिग्री नाघ्यो

Posted by

नेपालगन्ज, जेठ १६ ।
केही दिनयता नेपालगन्ज लगायत तराईका जिल्लामा गर्मी निकै बढेको छ ।गर्मी बढेसँगै जनजीवन प्रभावित भएको छ । गर्मीसँगै चल्ने तातो हावाका कारण अस्पतालमा बिरामी पनि बढ्न थालेका छन् ।नेपालको सबैभन्दा गर्मी हुने ठाउँको उपमा पाएको बाँकेको नेपालगञ्जमा यस वर्ष पनि तापक्रम उच्च देखिएको छ ।गृष्म ऋतुको आगमनसँगै बढ्न थालेको नेपालगञ्जको तापक्रम ४२ डिग्री भन्दा माथि लागेको छ ।अत्याधिक गर्मीले उकुसमुकुस बनाएपछि नेपालगञ्जवासी वाक्कदिक्क बनेका छन् । गर्मीसँग सम्बन्धित रोगहरुको संक्रमणका कारण अस्पतालमा विरामीको चापसमेत बढेको छ ।सधैजसो चहलपहल र भिडभाड देखिने सडक र गल्लीमा गर्मीको कारण चहलपहल पातलिएको छ ।२०१७ मा जल तथा मौसम विज्ञान विभाग हावापानी फिल्ड कार्यालय राँझा नेपालगन्जले धेरै तापक्रम मे २५ तारिखका दिन ४२.० डिग्री मापन गरेको थियो ।

विगतभन्दा यसबर्ष केही तापक्रम बढी मापन गरिएको छ ।