गायक प्रकास ढकालको नयाँ गित सार्वजनिक

Posted by

चितवन, फाल्गुन ६

चर्चित संचारकर्मी तथा लोक गायक प्रकास ढकाल र गाइका निर्मला रानाभाटको नयाँ गित सार्वजनिक भएको छ । बहुमुखी प्रतिभाका धनी गायक ढकालले ‘माया पिरिम ’ बोलको गित बजारमा ल्याएका हुन् । ढकालको
आफ्नै शब्द सङकलनमा तयार पारीएको गितमा गाइका निर्मला रानाभाटले साथ दिएकि छिन । उक्त गितको भिडियो शम्भु चालिसे र बिजय क्षेत्रिले छायाङकन गरेका हुन् भने कोरीयो ग्रफर सुरेश देभोल रहेका छन् । यस्तै गितको भिडियो सम्पादन बिजय क्षेत्रिले गरेका हुन् भने गितको भिडियो निर्देशन गाएक स्वयम ढकालले गरेका हुन् । सार्बजनिक भएको गितको भिडियोमा मा गाएक ढकाल सगैँ मोडलहरु सुरेश , निर्मला , सृजनाले डान्स गरेको देख्न सकिन्छ ।पछिल्लो समय चितवनको उदाउदो कलाकारको रुपमा चिनिएका गाएक ढकाल कालिका एफ एमको रोधि घर कार्यक्रमका सञ्चालक तथा रेडियो प्रभावका कार्यक्रम प्रस्तोता हुनुहुन्छ । उहाँको नयाँ गित ‘माया पिरिम ’ रोधि घर नामक युटुब च्यानलबाट सार्बजनिक भएको हो ।

भिडियो हेर्नुहोस

https://youtu.be/JVcr6nLnvMg