गितानगरमा दुई वटा मोटरसाइकल एक आपसमा ठक्कर खाँदा तीन जना घाइते

Posted by

चितवन, साउन २९ – चितवनको गितानगरमा दुई वटा मोटरसाइकल एक आपसमा ठक्कर खाँदा तीन जना घाइते भएका छन् । भरतपुर- ६ गितानगर बजारमा माडीबाट गितानगर तर्फ आउदै गरेको ना१४ प ८७९५ नं. को मोटरसाइकल र बिपरित दिसा तर्फ जाँदै गरेको ना५३ प १३२१ नं.को मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुबै मोटरसाइकलमा सवार तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । घाइते तिनै जनालाई उपचारको लागि पुरानो मेडिकल कलेज ल्याईएको प्रहरीले जनाएको छ ।