गैंडाकोटको नमस्ते चोक नजिक ट्रक र स्कूटर ठक्कर खादा एक जनाको मृत्यु,एक जना गम्भीर घाइते

Posted by

१९ मंसिर विहिबार ।
पुर्वपश्चीम राजमार्ग अन्तरगत नवलपुर गैंडाकोटको नमस्ते चोक नजिक ट्रक र स्कुटर ठक्कर खादा एक जनाको मृत्यु भएको छ । आज बिहान १ बजेर २० मिनेट जादा पश्चिमबाट पुर्व तर्फ आउँदै गरेको ना ६ ख ८०५८ नम्बरको ट्रक, पुर्वबाट पश्चीम तर्फ जादै गरेको ना ३१ प २६१८ नम्वरको स्कूटर एक आपसमा ठक्कर खादाँ एक जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गैडाकोटका प्रमुख इन्सपेक्टर दिपक कुमार कार्कीले जानकारी दिनुभएको छ । दुर्घटनामा स्टकुटरमा सवार दुइ जना गम्भीर घाइते मध्ये भरतपुर १० का विरेन्द्र गिरीको मृत्यु भएको र अर्का गैडाकोट ४ का आकाश सिजालीको नयाँ मेडिकल कलेजमा उपचार भैरहेको छ । स्कूटरले ओवरटेक गर्न खोज्दा ट्रकमा ठोकिन पुगेको प्रहरीको भनाई छ।