गौचरण कप २०७७ सम्पन्न ,सुन्दर संगम युवा क्लब सुन्दरवस्तीले उपाधि चुम्यो

Posted by

अपिल घिमिरे, चितवन
महिन्द्रा ट्राक्टर पटिहानी फूटबल क्लव चितवनले आयोजना गरेको गौचरण कप २०७७ को उपाधि सुन्दर संगम युवा क्लब सुन्दरवस्तीले चुमेको छ। आइतवार भरतपुर १४ सुन्दरवस्तीको गौचरनमा सम्पन्न खेलमा फाइनल प्रतिष्प्रधि जनप्रेमी युवा क्लव टाउन लाइ १ -० गोल ले पराजित गर्दै सुन्दर संगम युवा क्लब सुन्दरवस्ती प्रथम भएको हो।
गत फागुन २२ गते बाट संचालित खेलमा साविक पटिहानी क्षेत्रका १२ वटा टीमले सहभागिता जनाएका थिए। समापन कार्यकम मा वाग्मती प्रदेशका संसद माननीय रामलाल महतोले वार्ड विभाजन भएर स्थानीय सरकारको रुपमा छुट्टा छुट्टै भएको अवस्थमा यो खेलले पटिहानी क्षेत्र को भावनात्मक एकतालाई जोडेको भन्दै खुसि व्यक्त गर्नु भयो। आगामी दिनमा खेलको निरन्तरता को लागि शुभाकंमाना दिंदै संसद महतोले आयोजकलाई धन्यवाद समेत प्रकट गर्नुभयो।
भरतपुर १४ वडाध्यक्ष ओम प्रकाश पोख्रेल र भरतपुर २२ का वडाध्यक्ष बिष्णु राज महतोले खेलको महत्व बढाउन क्लवले गरेको कार्य प्रति हौशला प्रकट गर्नुभयो।
खेलका सहभागीहरु मध्ये बाट एउटा मजबुत टिम निर्माण गरिने साथै छिट्टै नै वाल वालिका को लागि फुटवल प्रशिक्षण संचालन गरिने क्लवका अध्यक्ष पोस्ट राज तिमिल्सिनाले जनाउनुभयो।
समापन कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद का मुख्य प्रशिक्षक अरुणा गुरुङ र चितवन जिल्ला फुटवल संघ का अध्यक्ष श्रीकृष्ण कार्की लाइ सम्मान गरिएको थियो।