गौचरनमा विवाद प्रकरण : जगतपुरका स्थानीयले २ मिटर नदिएसम्म कालोपत्रे रोकिने

Posted by

चितवन असार ० ३ । भरतपुर महानगरपालिका २३ जगतपुरमा रहेको गौचरणसंग जोडिएको सडकमा स्थानीयले पनि जग्गा छोड्नुपर्ने भएको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर २३ ले आज ९सोमबार० जगतपुरमा पत्रकार सम्मेलन गर्दै स्थानीयको सहभागिता बिना सडकको कालोपत्र नहुने बताएको हो ।
आठ मिटर चौडा बन्न लागेको सडकमा स्थानीयले दुई मिटर जग्गा छोड्नुपर्ने भरतपुर महानगरपालिकाका प्रवत्ता तथा वडा नम्बर १० का वडा अध्यक्ष अरुणपिडित भण्डारीले जानकारी दिनुभयो । महानगरपालिकाले जगतपुरको गौचरण संग जोडिएको सडकमा महानगरले चलन चल्तिको बाटो मध्ये ६ मिटर मात्रै छाडेर बार लगाउन थालेको छ । तर, भोगचलन गर्दै आईरहेको बाटोलाई साँघुरो पारिएको भन्दै स्थानीयले विरोध गरेका छन् ।
महानगर पालिकाले जगतपुरमा रहेको गौचरनको तीन बिघा १९ कठ्ठा १७ धुरको जग्गामा हाल सञ्चालित बाटो नछोडी बार लगाउन थालेको छ हो । सो गौचरणको चारै तर्फ गौचणको जग्गा प्रयोग गरेर स्थानीयले बाटो खोलेका छन् ।

अहिले सो क्षेत्रमा आठ मिटरको कालोपत्रे गर्नका लागि महानगरपालिका लागि परेको छ । तर, स्थानीयले दुई मिटर जग्गा नछोडेमा कालोपत्रे रोकिने वडा नम्बर २३का वडा अध्यक्ष नदिनारायण पौडेलले जानकारी दिनुभयो । अहिले गौचरणमा बार लगाउने क्रममा स्थानीयले विरोध गरेपछि काम रोकिएको छ ।