गौतमबुद्ध क्रिकेट रंगशालालाई सन्दीप लामिछानेले ७० हजार ७ सय ८४ रुपैयाँ सहयोग गर्ने

Posted by

बुधबार, माघ २९, २०७६–

युवा बलर सन्दीप लामिछानेले चितवनमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई ७० हजार ७ सय ८४ रुपैयाँ सहयोग गर्ने भएका छन्। चार खेलमा ८ विकेट लिएका सन्दीपले प्रति विकेट ८ हजार ८४८ रुपैयाँको दरले ७० हजार ७ सय ८४ रुपैयाँ सहयोग गर्ने भएका हुन् ।

लामिछानेले नेपालमा जारी आईसीसी वल्र्ड क्रिकेट लिग–२ अन्तर्गतको शृंखलामा लिने हरेक विकेटमा सगरामाथाको उचाई (८,८४८) बराबर रंगशालालाई सहयोग गर्ने घोषणा गरेका थिए । उनले आज सन्दीपले नेपालसहित ओमान र अमेरिका सम्मिलित शृंखलाको अन्तिम खेलमा आज (बुधबार) अमेरिकाविरुद्ध ६ विकेट लिएका छन्। उनले ६ ओभर बलिङ गर्दै १ मेडनसहित ६ विकेट हात पारेका हुन् ।

उनले १६ रन खर्चिए। त्यस्तै उनले शनिबार अमेरिकासँगकै पहिलो खेलमा २ विकेट लिएका थिए। यससँगै उनको कुल ८ विकेट भएको हो। ओमानविरुद्धको दुई खेलमै सन्दीप भने विकेट विहीन बनेका थिए ।