काठमाडौं मंसिर ४, २०७६ काभ्रे । मालपोत कार्यालय काभ्रेमा कार्यरत नायव सुब्बा रोसकाजी जस्पाउ २० हजार घुससहित पक्राउ परेका छन्।
सेवाग्राहीसँग घुस लिँदै गर्दा उनलाई अख्तियारको टोलीले मालपोत कार्यालय काभ्रेको कार्यालयबाट नै पक्राउ गरेको हो।
काभ्रे जिल्लाको बनेपा नगरपालिका वडा–९ घर भई विगत ११ वर्षदेखि सोही कार्यालयमा कार्यरत उनले पटक–पटक सेवाग्राहीसँग घुस लेनदेन गर्दै आएको अख्तियारले बताएको छ।