चट्टानसहितको पहिरो खस्दा नारायणगढ मुग्लिन सडक खण्ड फेरी अवरुद्ध

Posted by

बुुधबार साउन ७,चितवन
सत्रकिलोमा पहिरो खस्दा नारायणगढ मुग्लिन सडक खण्ड फेरी अवरुद्ध भएको छ । मंगलबार राति ८.४५ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं २९ स्थित मुग्लिङ नारायणगढ सडक खण्डको सत्र किलोनजिकै माथिबाट बतासे पहाड नामक चट्टानसहितको पहिरो खसेर सडक अवरुद्ध भएको हो । 

पहिरोले मानविय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । यसअघि सोमबार बिहान ५ बजे चारकिलोमा ठूलो पहिरो खसेपछि अवरुद्ध सडकखण्ड ३६ घन्टापछि एकतर्फी सञ्चालनमा आएको थियो । पहिरो पन्छाएपछि मंगलबार साँझ ५ बजेबाट एकतर्फी सञ्चालनमा आएको सडक ठुलो चट्टान सहतिको पहिरो खसेपछि पुनः ९ बजेदेखि अवरुद्ध भएको हो ।