चनौली क्षेत्रका जेस्ठ नागरिक भिमलाल रेग्मी को १०४ वर्षमा निधन

Posted by

रेडियो प्रभाव ,चनौलि ,पौष २७

जेस्ठ नागरिक भिमलाल रेग्मी को १०४ बर्ष को उमेरमा आइतवार बिहान निधन भएको छ।बिहान ७;३० बजे उहाँको निवास भरतपुर २० मा निधन भएको हो।
बिक्रम सम्बत १९७२ साल माघ १६ गते गोर्खा जिल्ला केरावारी गा बि स वार्ड नम्बर ५ भाचेक्मा बुवा पदमलाल र माता अतिमाया को जेस्ठ सुपुत्रको रुपमा जन्मनु भएको थियो । १९९० सालमा पदमा घिमिरे संग बैबाहिक जीवनमा बाँधिनु भएका रेग्मीको ४ छोरा र ४ छोरी हरु र २९ जना नातिनातिना,३६ जना पनाती पनातिना र ६ जना खालाती रहेका छन्।२०२६ सालमा चितवन को चनौलीमा बसाई सरि आउनुभएका रेग्मी कुसल कृषक र असल समाज सेवी हुनुहुन्थ्यो। कुनै दिर्घरोग नलागी निधन हुनुभएका भिमलाल रेग्मी चनौली क्षेत्रकै जेस्ठ नागरिक को रुपमा सम्मानित समेत हुनु भएको थियो। उहाँको आजै देवघाटमा आन्तिम संस्कार गरिएको छ।