अपिल घिमिरे,२ फागुन,चितवन :
भरतपुर १३ को हिमालय दण्डपानी न्यौपाने माध्यमिक बिद्यालय व्यवस्थापन समितिको अध्यक्षमा गोपाल न्यौपाने चुनिएका छन्।
हिमालय दण्डपानी न्यौपाने माध्यमिक बिद्यालय
त्यस्तै श्री मा बि गंगनागरमा सुदिप सुबेदी छानिएका छन्।भरतपुर २२ को आधारभूत बिद्यालय बिरेन्द्रनगरमा सागर पौडेल, आधारभूत बिद्यालय धनौजीमा मित्र बोट र आधारभूत बिद्यालय सुन्दरव्स्तीको अध्यक्षमा लक्षुरम बिक रहेका छन्।
श्री मा बि गंगनागर
सामुदायिक बिद्यालय को शैक्षिक गुणस्तरको बारेमा देश भर चर्चा चलिरहदा यो क्षेत्रमा युवा हरुको काँधमा बिद्यालयको जिम्मेवारी थपिएको छ।हिमालय दण्डपानी न्यौपाने माध्यमिक बिद्ध्यालय भने शैक्षिक गुणस्तरमा जिल्ला स्तरका उत्कृष्ट भित्रमा पर्दछ। आधारभूत बिद्यालय बिरेन्द्रनगर को व्यवस्थापन र शैक्षिक गुणस्तरमा राम्रो मानिन्छ।श्री मा वि गंगानगर परिवर्तनको पर्खाइमा छ।अहिले बनेको समिति र शिक्षक हरुको क्षमता हेर्ने हो भने र समुदायको सकारात्मक साथ मिल्ने हो भने यो बिद्ध्यालयले कँाचुली फेर्न सक्दछ।
आधारभूत बिद्यालय बिरेन्द्रनगर
यस क्षेत्रका केहि आधारभूत बिद्यालय भने न्युन विधार्थीका कारण अन्य बिद्यालय सँग गाभिने आवस्थामा पुगेका छन्।भरतपुर १३ को ब्रहमपुरी,भरत्पुर२२ को बिरेन्द्रनगर र धनौजी संयोजनमा पर्ने भएका छन्। कम्तिमा प्रत्येक कक्षामा ५० जना बिद्यार्थी हुनुपर्ने भए पनि महानगरले २० जनालाई आधार बनाएर यहि चैत्र १५ गते देखि समायोजन तयारी अगाडी बढाएको छ। भरतपुर महानगरका ५६ बिध्यलायामा बिद्यार्थीको अनुपात पुगेको छैन ।
आधारभूत बिद्यालय सुन्दरव्स्ती
एक तर्फ बिद्यार्थी संख्या कम हुँदै जानु,अभिभावक को बिद्यालय मा भेटघाट नहुनु,राजनीतिक चलखेल वढी हुनु,निजि क्षेत्रमा लगानी वढ्नु,सामुदायिक बिध्यालय मा पठनपाठन आलटाले हुनु,आदि समस्या नयाँ अध्यक्ष्यहरुको चुनौती रहेको छ।तथापी यस क्षेत्रमा आएका अध्यक्ष भने आस लाग्दा र केहि गर्न पर्छ भन्ने नवीनतम सोच भएका युवाहरु भएकाले पक्कै पनि विद्यालयले रुप फेर्न बेर लाग्दैन।विद्यालयको भौतिक,प्रशासनिक सुधारमा समेत उनीहरु संग समाजले आपेक्षा गर्नु स्वाभाविक छ।
कम शुल्कमा स्तरिय पढाई आफ्नै क्षेत्रमा हुने हो भने टाढा का विद्यालय र निजि बिद्यालयमा धाउन पर्ने थिएन।
आधारभूत बिद्यालय धनौजी