चाइनिज ताइपेइविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल १ गाेलले पछाडि

Posted by

  जेठ २३, २०७६ बिहिबार

चाइनिज ताइपेइविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल पहिलो हाफमा एक गोलले पछि परेको छ । 

पहिलो हाफको ४० औं मिनेटमा नेपालले गोल खान पुग्यो । चाइनिज ताइपेइका उ चिनचिनले गोल गरेका हुन् । उनको हेडर गोलरक्षक किरण चेम्जोङले पञ्च गरेपछि आएको रिबाउण्ड बलमा गोल गरेका हुन् ।आजको खेलमा किरणले नै नेपालको कप्तानी गरिरहेका छन् । 

योहान कालिन नेपालको प्रशिक्षक भएपछि नेपालको यो चौथो खेल हो । यसअघिका तीन खेलमा नेपालले २ हार र १ बराबरी खेलेको छ । 

कुवेतविरुद्ध एक बराबरी र एक हार व्यहोरेको नेपालले मलेसियासँग गएकाे आइतबार २–० को हार व्यहोरेको थियो । कालिनको प्रशिक्षणमा नेपालले अहिलेसम्म गोल गर्न पनि सकेको छैन ।