चाडपर्बको अवसरमा गोर्खाली डेरीले ल्यायो दुध र दहिको खरीदमा बिशेष छुट

Posted by

रेडियो प्रभाव,असोज २८,

भरतपुर २१ को सम्झौता टोलमा रहेको गोर्खाली डेरीले दुध र दहिको खरीदमा बिशेष छुट दिएको छ । चाडपर्बको अवसरमा यस्तो छुट दिइएको प्रोपाइटर राम चन्द्र देबकोटाले जानकारी दिनुभयो । साथै चाडपर्बको समयमा आम ग्राहकको ब्यास्ततालाई मध्यनजर गरी होमडेरीभरीको सुबिधा पनि उपलब्ध गराईएको देबकोटाको भनाई छ । चाडपर्बको समयमा दुध साडे एक लिटरको १०० रुपैँया र दहि ८५ रुपैँया लिटरमा बिक्रि गरीएको छ । अन्य समयमा १०० रुपैँया लिटरमा बिक्रि गर्दैँ आएको दहिमा अहिले प्रति लिटर १५ रुपैँया छुट दिइएको हो । बिसं २०६७ सालमा स्थापना भएको गोर्खाली डेरीले दुध सङकलन गरी दुध तथा दुध जन्य पदार्थहरु बिक्रि बितरण गर्दै आएको छ । गोर्खाली डेरीले आम ग्रहक सामु शुद्ध तथा स्वस्थ दुध तथा दुध जन्य पदार्थहरु बिक्रि गर्ने लक्ष्य लिएको छ ।