चाडपर्व लक्षित बजार अनुमगनमा सरकार कडा रुपमा प्रस्तुत हुने

Posted by

भदौ ६, २०७६ शुक्रबार । सरकारले चाडपर्व लक्षित बजार अनुगमनलाई तिव्र पार्ने भएको छ । अत्यावश्यक वस्तुको धेरै कारोबार हुने समय चाडपर्वमा मूल्य र गुणस्तरमा उपभोक्ता नठगिउन् भनेर सातै प्रदेश र सबै स्थानीय तहमार्फत अनुगमन तिव्र पार्ने तयारीमा सरकार छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार पत्रकार सम्मेलन गरी दैनिक अत्यावश्यक वस्तुको धेरै कारोबार हुने दशैं, तिहार लक्षित बजार अनुगमनलाई तिव्र पार्ने जनाएको छ । यसका लागि सातवटै प्रदेशका सन्बन्धित मन्त्रीलाई बोलाएर उपभोक्ता ठगीका घटना हुन नदिन योजनाबद्ध अनुगमनमा सरकार सक्रिय बन्ने विभागको भनाइ छ ।

दशैं तिहार जस्ता ठूला चाडपर्वमा कालोबजारी अध्याधिक हुने भएकाले अनुगमनलाई प्रभावकारी रुपमा अगाडि बढाउन लागेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचन बताउनुहुन्छ ।

पत्रकार सम्मेलनमा उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिना तथा प्रेमलाला महर्जनले आपूर्ति सहज बनाउँदै ठगी गर्नेहरुमाथि कडा कारबाही गर्न सरकार पछि पर्न नहुने सुझाव दिएका थिए ।

विभागले निर्देशनात्मक भन्दापनि कारबाहीमुखी अनुगमनमा ध्यान दिएको जनाएको छ । त्यस्तै अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थालाई सहज बनाउन पनि योजनाबद्ध काम अगाडि बढाइएको विभागको भनाइ छ ।