चितवनकाे खैरहनीमा बस र माेटरसाईकल एक आपसमा ठक्कर खाँदा एककाे मृत्यु

Posted by

चितवन , ११ कार्तिक २०७६, सोमबार-
चितवनकाे खैरहनी नगरपालिकामा बस र माेटरसाईकल एक अापसमा ठक्करखाँदा माेटरसाईकलमा सबार एक जनाकाे मृत्यु भएकाे छ । खैरहनी ८ पर्सा बजारमा गएराती पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको बस र विपरीत दिशाबाट आउदै गरेको मोटरसाइकल एकअासमा ठक्कर खाएका थिए ।

ना ६ ख१७४१ नम्बरको बसमा ना ५५ प २१३१ नम्बरको मोटरसाइकल ठक्कर खादा मोटरसाइकल चालक खैरहनी १ बस्ने बर्ष ३० को अनिल अधिकारीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए। दुर्घटनामा परि गम्भीर घाइते भएका अधिकारीको उपचारको क्रममा मृत्यु भएको हाे ।