चितवनकाे रत्ननगरबाट ४३ केजी चरेससहित ७० वर्षीया वृद्धा पक्राउ

Posted by

असार ३१, २०७६ चितवन :   त्रिचालिस केजी लागुऔषध चरेससहित एक  चितवनकाे रत्ननगरबाट एक भारतीय वृद्धा पक्राउ परेकी छन्। जिल्ला प्रहरी कार्यलय चितवनका अनुसार भारत  मोतिहारी घर भएकी ७० वर्षीया नुर्जाहा खातुन पक्राउ परेकी हुन्।  खातुन चितवन रत्ननगर नगरपालिका–२ मा छोरीको घरमा बस्दै आएकी प्रहरिले जनाएको छ। उनलाई इलाका प्रहरी कार्यलय टाडीबाट प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यको कमाण्डमा खटिएको टोलिले सोमबार राति पक्राउ गरेको हो।  खतुनलाई चरेससहित इप्रका टाडीमै राखि थप अनुसन्धान गरिरहेको चितवनका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए।