चितवनका चर्चित नेता देवी ज्ञवाली र श्रेष्ठ बने नेकपाको केन्द्रीय सदस्य

Posted by

चितवन, जेठ ६–
चितवनका तत्कालिन एमाले नेता देवी ज्ञवाली र केशवलाल श्रेष्ठ नवगठित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य बनेका छन् । नेकपा एमालेको तर्फबाट थपिएका ४५ जना केन्द्रीय कमिटिमा ज्ञवाली र श्रेष्ठ परेका हुन् ।नेता ज्ञवाली भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहालसंग पराजित हुनु भएको थियो । सो बखत ज्ञवालीले आफूलाई धाधली गरी हराएको आरोप लगाउनु भएको थियो । सो निर्वाचनमा अन्तिम परिणाम आउने बेलामा जित नजिक ज्ञवाली पुगेपछि भरतपुर १९ को मत पत्र च्यातिएको थियो । पछि पुनःमतदान गराउँदा दाहाल विजयी हुनु भएको थियो । त्यसपछि नै नेता ज्ञवाली चर्चामा रहँदै आउनु भएको छ ।यस्तै श्रेष्ठ भने चितवनका पुराना नेता हुन् । उनी पूर्व मन्त्री समेत हुन् ।