चितवनका थप एक जनामा कोरोना पुष्टि,संक्रमितको संख्या ७७ पुग्यो, नवलपुरमा थप १९ जनामा कोरोना पोजेटिभ

Posted by

चितवन,असार १९, २०७७ शुक्रबार-

चितवनका थप एक जनामा कोरोना संक्रमण पुष्टि भएकोे छ । भरतपुर अस्पताल कोभिड १९ ल्याबमा गरिएको परीक्षणका क्रममा विहिवार राती भरतपुर ४ का ५० बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनि भरतपुर महानगरपालिकाको क्वारेन्टिनमा रहेका छन् । यो संगै चितवनमा कोरोना संक्रमितको संख्या ७७ पुगेको छ ।

नवलपुर जिल्लामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि

नवलपुर जिल्लामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुरको कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १९ जनाको कोरोना पोजेटिभ देखिएको हो । कावासोतीका ३ महिला सहित १४ जना र मध्यविन्दु नगरपालिकाका १ महिला सहित ५ जनामा कोरोना पुष्टि भएको भरतपुर कोभिड १९ परीक्षण प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् ।

संक्रमणम पुष्टि हुनेहरुमा १० बर्षिय बालकदेखि ४९ बर्षका पुरुष सम्म रहेका छन । उनिहरु सवै पूर्वी नवलपरासी (नवलपुर)का क्वारेन्टिनमा रहेका छन् ।