चितवन, असार १८, २०७७ बिहिबार– चितवनमा बुधबार राती थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार राती कालिका नगरपालिकाका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
भरतपुर अस्पतालका अनुसार कालिका नगरपालिकाका २७ वर्षीया एक महिला र ३६ वर्षका एक पुरुष रहेका छन् ।
बुधबार बिहान मात्रै चितवनका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
विहान संक्रमण पुष्टि हुनेमा भरतपुरका ९, माडीका २, राप्तीका एक र खैरहनी नगरपालिकाका एक जना रहेका छन् ।
योसंगै चितवनमा कुल कोरोना संक्रमितको संख्या ७६ पुगेको छ ।
बुधबार भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा कुल ११९ वटा नमुनाको परीक्षण गरिएको थियो ।