चितवन,असार १०-
चितवनमा विहानै राखिएको प्रेसर कुकर बम नेपाली सेनाले डिस्पोज गरेको छ । पूर्वीचितवनको खैरहनी नगरपालिका ८ मगनी चोकमा आज बिहान ५ बजे प्रेसर कुकर बम फेला परेको थियो ।
ईलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायब उपरीक्षक (डिएसपी) सन्तोष आचार्यका अनुसार नेपाली सेनाको बम डिस्पोजल टोलीले ७ बजे उक्त बम निश्क्रिय पारेको हो ।