चितवनको दिव्यनगरमा प्रथम ज्योतिनगर महोत्सव हुने

Posted by

चितवन,भदौं १८-

चितवनको पुरानो कालाबन्जारको नामले परिचित दिव्यनगरमा प्रथम ज्योतिनगर महोत्सव हुने भएको छ । आन्तरिक पर्यटन प्रर्वद्धन सहित भरतपुर २६ मा रहेको अन्जना ताल र चितवन कै प्राचिनकालिका मन्दिरको पहिचान सहित पर्यटकलाई आर्कषण गर्न महोत्सव गर्न लागिएको आयोजक समितिले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

कृषि, पर्यटन, औधोगिक ब्यापार मेला तथा साँस्कृतिक महोत्सव यहि भदौ २६ गतेदेखि असोज ५ गतेसम्म ज्योतिनगर हाट बजारमा संचालन हुने छ । कुल १ सय स्टल रहने महोत्सवमा २० लाख रुपैयाँ पखर्च हुने अनुमान आयोजक समितिले गरेको छ ।

कार्य सम्पादन समितिका सचिव देवेन्द्रशाली घिमिरेका अनुसार कृषि प्रर्वद्धनलाई पहिलो प्राथमिकता दिएको छ । महोत्सवमा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने बताईएको छ । महोत्सवमा बाल उद्यान, शैक्षिक प्रर्दशनी, आईटी प्रर्दशनी, फुड फेष्टिबल र स्थानीय हाट बजारको प्रर्वद्धन गरिने तयारी गरिएको छ ।

महोत्सवबाट हुने आम्दानीबाट नारायणी नदी र चितवन राष्ट्रिय निकुन्जले घेरेको भरतपुर २६ मा स्थानीयवासी थारु, कुमाल जातिको होमेस्टे संचालन गर्ने र निकुञ्जबाट आउने वन्यजन्तुको अवलोकनको लागिभ्यु टावर निमार्ण गर्ने लक्ष्य लिईएको छ । महोत्सवमा प्रवेशको लागि ५० रुपैयाँ टिकटको ब्यवस्था गरिएको संयोजक दुर्गाप्रसाद घिमिरेले जानकारी दिए ।