चितवनको भण्डाराचोकमा बसको ठक्करबाट एक प्रहरी जवानको मृत्यु

Posted by

चितवन शुक्रबार, साउन १६ ।
चितवनमा बसको ठक्करबाट एकजना प्रहरीको मृत्यु भएको छ । गएराती राप्ती नगरपालिका ५ भण्डाराचोकमा बसले स्कुटरलाई ठक्कर दिंदा स्कुटरमा सवार अन्दाजी ३६–३७ वर्षका प्रहरी हवल्दार अर्जुन कुमार थापाको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । 

राती ८:३० बजेको समयमा भण्डाराबाट टाँडीतर्फ आइरहेको बा ३ ख १५४७ नम्बरको बसले  प्रदेश नम्बर ३–०३–००१ प ६३२५ नम्बरको स्कुटरमा भण्डाराचोक बाट कार्यालयतर्फ जाँदै गर्नुभएका इलाका प्रहरी कार्यालय भण्डारामा कार्यारत प्रहरी हवल्दार अर्जुन कुमार थापालाई ठक्कर दिँदा उहाँ गम्भिर घाइते हुनुभएको थियो । घाइते थापालाई उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर ल्याइएकोमा उपचारको क्रममा राती ९:१० बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।  

विगत ३–४ वर्षदेखी इलाका प्रहरी कार्यालय भण्डारामा कार्यारत थापाको स्थायी घर रामेछाप हो । ठक्कर दिने बस र चालक अहिले जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा रहेका छन् । मृतक थापाको शव पोष्टमार्टमका लागी भरतपुर अस्पतालमा राखिएको छ ।