चितवनको भण्डारामा ट्रकको ठक्करबाट एकको मृत्यु, एक घाइते

Posted by


चितवन २५ असार, बुधबार । पुर्व पश्चिम राजमार्ग अन्तर्गत राप्ती नगरपालिका ६ भण्डारामा ट्रकको ठक्करबाट एक जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन । आज (बुधबार) राति ९ बजे भण्डाराको सशस्त्र प्रहरी ब्यारेक अगाडि ना ५ ख ७२९३ नम्बरको ट्रकले पैदलयात्रीलाई ठक्कर दिएको हो । ट्रकको ठक्करबाट मृत्यु हुनेमा रौतहट जिल्ला चन्द्रनिगाहपुर बस्ने अन्दाजी ३५ बर्षीय दुख माझी र घाइते सोहि ठाँउकै अन्दाजी ३५ बर्षीय गोविन्द माझि रहेका छन । ठक्कर दिने ट्रकलाई इलाका प्रहरी कार्यालय भण्डाराले नियन्त्रणमा लिएको छ भने चालक फरार छन । घाइतेलाई भरतपुर पठाइएको छ ।