चितवनको राप्तीमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

Posted by

२०७६, बिहीबार ,माघ १६, भरतपुर : चितवनको राप्तीमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । पोखराबाट बिरगंज तर्फ जाँदै गरेको न. ५.ख ३२६ नं. को बसले पूर्व पश्चिम राजमार्ग अन्तर्गत राप्ती नगरपालिका ४ भण्डाराको लक्ष्मीनारायण चोकमा गए राति १ः१० बजेको समयमा अन्दाजी ३५ ÷ ४० बर्षीय पैदल यात्री पुरुषलाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाईते पुरुषको उपचारको क्रममा गएराति २ः३० बजे चितवनको भरतपुर स्थित सरकारी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले बताएको छ । बस तथा चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान जारी राखिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।