चितवनको रामनगरमा दुईवटा बस ठोक्दिा ९ जना घाईते

Posted by

 २३ जेष्ठ २०७६, बिहीबार

चितवन , जेठ २३, विहिबार ।
नारायणगढ मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका १ रामनगर जंगलमा दुईवटा बस एक आपसमा ठक्कर खादा ९ जना घाइते भएका छन् । गएराति १२.३० बजेको समयमा बारा कलैयाबाट काठमाडौ तर्फ जादै गरेको ना ६ ख ५० नम्बरको यात्रुबाहक बस र काठमाडौबाट जनकपुर तर्फ आउदै गरेको ज १ ख ९६२ नम्बरको बस एक आपसमा ठक्कर खादा दुैवै बसका ९ जना यात्रु घाइते भएको चितवन ट्राफिक प्रहरीले जनाएको छ । घाइतेहरुको भरतपुरको सिएमसीमा उपचार भैरहेको छभने ८ जनाको मध्यम अवस्था र १ जनाको सामान्य अवस्था रहेको छ । दुवै सवारी र चालक प्रहरीको नियन्त्रणमा रहेको छ । दुवै सवारी साधनमा क्षति पुगेको प्रहरीले जनाएको छ ।