चितवनको रौतेनी खोलाको पुल भासियो, माडी – ठोरी सडकखण्ड अवरुद्ध…

Posted by

असार १८, २०७५
चितवन –
अविरल वर्षाका कारण चितवनको रौतेनी खोलामाथिको पुल भासिएको छ । पुल भासिदा माडी–ठोरी सडकखण्डमा चल्ने गाडी रोकिएका छन् । यस्तै रिउ खोलामा पनि बाढी आएको छ । रीउ खोलामा खतराको संकेत पार भएकाले सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी दीपेन्द्र बस्नेतले जानकारी दिनुभयो । चितवनका धेरैजसो खोलामा बाढी आएकाले सतर्कता अपनाउन उहाँले आग्रह गर्नु भएको छ ।