चितवनको सरस फुड इन्डस्ट्रीजमा भिषण आगलागी, आगो नियन्त्रण बाहिर

Posted by

 १८ चैत्र २०७६, मंगलवार

चितवनको सरस फुड इन्डस्ट्रीजमा भिषण आगलागी भएको छ।

भरतपुर महानगरपालिका – वडा नं ४ स्थित लंकु धारापानी चोक नजिक रहेको इन्डस्ट्रीजमा बिहान करिब पौने ५ बजेबाट बिजुलीको सर्कीट सट भएर आगलागी शुरु भएको हुन सक्ने संचारकर्मी राजकुमार लामिछानेले जानकारी दिनुभयो ।

यतिबेला आगो नियन्त्रणमा आउने क्रम जारी छ । आगो नियन्त्रणका लागि नेपाली सेना , सशस्त्र प्रहरीबल , नेपाल प्रहरी र चितवनका विभिन्न स्थानीय तहका दमकल परिचालन गरिएको छ । इन्डस्ट्रीजका सञ्चालक सुनील अग्रवालका अनुसार आगलागीबाट कुनै मानवीय क्षती भएको छैन् । प्रहरीले क्षतीको आधिकारीक अनुमान नभएपनि सञ्चालक अग्रवालले करोडौँको क्षती भएको दावि गरेका छन् ।

सो इन्डस्ट्रीजले दालमोट र फुरनदाना उत्पादन गर्ने र्गदथ्यो ।