चितवनको ३ वटै वडामा कांग्रेसले बाजी मार्यो, भरतपुर १६ मा अमृत

Posted by

आइतबार, १५ मङि्सर २०७६, चितवन । चितवनको ३ वटै वडामा नेपाली कांग्रेसका उमेदवार विजयी भएका छन । भरतपुर महानगरपालिका १६ मा कांग्रेसले नतिजा उल्टयाएको छ । कांग्रेसका उमेदवार अमृत हमाल ३१८३ मत ल्याउदै विजयी भएका छन । निकटतम प्रतिद्धन्दी नेकपाका उमेद्वार भक्तराज हमाललाई ३०८ मतान्तरले पराजित गर्दै अमृत विजयी भएका हुन । भक्तराजले २८७५ मत ल्याएका थिए ।  यसअघि तत्कालीन नेकपा एमालेका उमेदवार निर्वाचित भएका थिए । गुरुङ्गको क्यान्सरबाट निधन भएपछि उपनिर्वाचन भएको हो । 

यस्तै समाजवादी पार्टीका अम्बरबहादुर थापाले २५, राष्ट्रिय नागरीक पार्टीका उमेदवार धनप्रसाद घले ३९ र राप्रपा संयुक्तका विष्णुप्रसाद त्रिपाठीले ६ मत पाए । १२१ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  यस्तै खैरहनी नगरपालिका ४ र ५ दुवै वडामा नेपाली काँग्रेस विजयी भएको छ ।

वडा न ४ मा नेकपाका उम्मेद्वार वेद बहादुर अधिकारीलाई १५२ मतान्तरले पराजित गर्दै काँग्रेसका उम्मेद्वार देव बहादुर बस्नेत विजयी भएका हुन । खैरहनी ५ मा पनि कांग्रेसका उम्मेदवार प्रतिमा कार्कि विजयी भएकी छिन । कार्कीले नेकपाका उमेदवार पुननारायण प्रधानलाई ८६ मतअन्तरले पराजित गरेकी हुन् । यी दुवै वडामा यसअघि कांग्रेसका उमेदवार निर्वाचित भएका थिए ।  खैरहनी ४ र ५ का वडा अध्यक्षको सवारी दुर्घट्नामा परी मृत्यु भएपछि उपनिर्वाचन भएको हो ।