चितवनमा आजबाटै मतगणना शुरु गरिने

Posted by

१४ मंसिर २०७६, शनिबार चितवन – चितवनमा आजबाटै मतगणना शुरु गरिने भएको छ । आज साँझ सात ७ बजे देखि नै मतगणना गर्ने तयारी भइरहेको निर्वाचन कार्यालय चितवनका अधिकृत हेमन्त रावलले जानकारी दिए । मतगणना स्थलमा तारजाली लगाइएको छ । साथै सिसि क्यामराको निगरानीमा मतगणना हुने भएकाले सुरक्षित रुपमै मतगणना हुने निर्वाचन कार्यालयले जनाएको छ ।

भरतपुर १६ को मतगाण जिल्ला अदालतको परिषरमा रहेको निर्वाचन कार्यालयमा र खैरहनी वडा नमबर ४ र ५ को इलाका प्रहरी कार्यालय खैरहनीको नजिकै रहेको साविकको खैरहनी नगरापलिकाको कार्यालयमा मतगणना गरिने निर्वाचन अधिकृत विद्याधर पौडेलले जानकारी दिए । शान्तिपूर्ण रुपमा मतगणना कार्य जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

दुबै मतगणना स्थलको सुरक्षा अवस्थाका बारेमा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत र जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दान बहादुर मल्लले आज जानकारी लिएका छन् ।