चितवनमा आज थप ५ जनामा कोरोना पुष्टि

Posted by


चितवन असार २८– चितवनमा आज थप ५ जनामा कोरोना पुष्टि भएको छ। भरतपुर अस्पतालले दिएको जानकारी अनुसार आज संक्रमण देखिनेमा भरतपुर महानगरपालिका वडा नम्बर ५,१५ १६ र २४ का ४ जना पुरुष र एक जना महिला गरि ५ जनामा कोरोना देखिएको हो। हिजो गरिएको परिक्षणमा ३६,३८,४३ र ३६ बर्षिया पुरुष र २७ बर्षिया महिला गरि ५ जनामा कोरोना पुष्टि भएको भरतपुर कोबिड १९ प्रयोगशालाकि प्रमुख डाक्टर नितु अधिकारिले जानकारी दिनुभयो। उनीहरु सबै क्वारेन्टाइनमा रहेको जनाएको छ।