चितवनमा एसईई परीक्षाको तयारी अन्तिम चरणमा

Posted by

बुधबार, २८ फागुन, २०७६ चितवन : चितवन जिल्लामा यही चैत ६ गतेबाट हुने भनिएको एसईई परीक्षाको तयारी अन्तिम चरणमा पुगेको छ । शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख भूमिलाल सुवेदीले चितवन जिल्लामा एसईई परीक्षाको तयार पूरा भएको जानकारी दिनुभयो ।

२०७६ सालको एसईई परीक्षाको लागि जिल्लामा यस पटक पनि ४२ वटा केन्द्र तोकिएको छ । उहाका अनुसार चितवन जिल्लामा मर्यादापूर्वक शान्त वातावरणमा एसईई परीक्षा हुनेछ । परीक्षालाई मर्यादित बनाउनकै लागि होम सेन्टर दिने परिपाटीको अन्त्य गरिएको छ ।

यस वर्ष चितवनको एसईई परीक्षामा नियमित र एक्जाम्टेड गरी ११ हजार २५५ विद्यार्थी सहभागी हुदैछन् । नियमिततर्फ मात्र ११ हजार २५५ जना विद्यार्थी एसईईमा सहभागी हुदैछन् । एक्जाम्टेड तर्फ चितवनमा ५० जना सहभागी हुदैछन् ।

शिक्षा विकास तथा समन्वय इकाइका शाखा अधिकृत दीपेन्द्रराज श्रेष्ठका अनुसार विद्यार्थीलाई सकेसम्म पायक पर्ने स्थानमा परीक्षा केन्द्र निर्धारण गरिएको छ । बिहान ८ बजेबाट परीक्षा सुरु हुन र यसअगावै विद्यार्थी परीक्षा हलमा प्रवेश गर्नुपर्ने राष्ट्रिय परीक्षा बोर्ड परीक्षा केन्द्र सानोठिमी भक्तपुरले जनाएको छ ।

चितवनमा रहेका ६ वटा स्कुलले प्राविधिक धारका विषय पढाइरहेका छन् । ती ६ वटा स्कुलका १८१ जना विद्यार्थीहरुले पनि एसईई परीक्षा दिदैछन् । यसपटकको एसईईमा सहभागी विद्यार्थीमध्ये ५ हजार ५३९ छात्र र ५ हजार ७१६ छात्रा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ चितवनले जनाएको छ ।