चितवनमा ट्रक र मोटरसाईकल एकआपसमा ठक्कर खादाँ एकको मृत्यु , एक घाईते

Posted by

असार १६ , २०७६, सोमबार चितवन ।
चितवनमा ट्रक र मोटरसाईकल एकआपसमा ठक्कर खादाँ एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।

गएराति १०.३० बजे भरतपुर महानगरपालिका –२९ खहरेपुलमा नारायणगढबाट मुग्लीन जादैँ गरेको ना ६ ख २६५९ नं को ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा ८० प ८६५७ नं को मोटरसाईकल एक आपसमा ठक्कर खादाँ मोटरसाईकल चालक मोरङ हरैचाका, अन्दाजी ३५–३६ वर्षीय राजेन्द्र चौधरीको घटनास्थलमै मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

त्यस्तै घाईते हुनेमा मोटरसाईकलको पछाडि सवार अन्दाजी ३५–३६ वर्षीय सीन्धुली बुलन्चुका मुरारी प्रसाद बराल रहेका छन् । अवस्था गम्भीर रहेका बरालको पुरानो मेडीकल कलेजमा उपचार भईरहेको छ ।